गुणस्तरहीन दूध बेचे पाँच वर्ष जेल



काठमाडौं : मानव स्वास्थ्यमा गम्भीर असर पार्नेगरी न्यून गुणस्तरीय दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार स्पैयाँसम्म जरिवाना हुने भएको छ । सरकारले दूध उत्पादक तथा बिक्रेतलाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले दूध मापदण्ड कार्यान्वयनमा ल्याएको हो । 

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले दूधको नयाँ मापदण्ड तयार गर्दै ‘दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ । मापदण्ड उल्लंघन गरी दूध बेच्नेलाई निर्देशिका र खाद्य ऐनअनुसार कारबाही हुन्छ । 

गुणस्तरहीन र दूषित दूध बिक्री गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ वा दुवै सजाय हुने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए । विभागले पहिलोपटक निर्देशिका ल्याएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्