बंगबन्धु गोल्डकप २०१८ : डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग हार्‍याे



बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ ।

 

खेलको २६औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए । 

 

दोस्रो हाफको ७४ औँ मिनेटमा ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी फाफुल्लोले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

 

नेपालले पटक-पटक अाक्रमणकाे प्रयास गरे पनि गोल भने गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्