भारतद्वारा ‘अग्नि-४’ को सातौं पटक परीक्षण



नयाँ दिल्ली : भारतले सफलतापूर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

‘अग्नि–४’ नाम दिइएको सो क्षेत्रप्यास्त्र ४ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ ।

क्षेप्यास्त्र परीक्षण भने वस्तीबाट २० किलोमिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । ‘अग्नि–४’ क्षेप्यास्त्रको यो सातौं परीक्षण हो ।

आफ्नो उद्देश्यमा सफल हुने पुष्टि भएकाले यसको परिक्षण पूर्णरुपमा सफल भएको जानकारी दिइएको छ ।

भारतीय सेनाले क्षेप्यास्त्रको परीक्षण गरेको हो । भारतमा यसअघि अग्नि–१, अग्नि–२, अग्नि–३ र पृथ्वी परीक्षण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्