८० वर्षीय वृद्ध भन्छन्- आफन्त नभएपछि के गर्नु ?


स्याङ्जा : खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो ।

उमेरले डाडाँ काटिसक्यो, यो बुढेउलीको उमेरमा आफन्तको माया, ममता र स्यारसुसारको आवश्यकता पर्ने बेलामा उनलाई आफन्तकै सम्झनाले टोलाइरने बनाएको छ । श्रीमतीको एक वर्ष पहिले मृत्यु भएपछि देवीलाल एक्लो जीवन बिताउँदै आएका छन् । दैनिक गर्नुपर्ने कामको जिम्मा पनि बुढ्यौलीले छोपेका देवीलालकै जिम्मामा परेको छ । उनले आफ्नाे विगत सम्झँदै भने, “जीवनमा धेरै दुःख गरियो, बुढेसकालमा झन् दुःख थपिँदै गएको छ ।”

दुई सन्तान जन्मिए पनि छोराको सानैमा सर्पको टोकाइबाट मृत्यु भएको र विवाह गरेर गएकी छोरीको पनि मृत्यु भएपछि आफ्नो भन्ने कोही नभएको उनले बताए । नगरपालिकाले घरको छाना टिनले छाइदिएको र त्यही छाउने क्रममा जम्मा भएको फोहर सफा गर्ने क्रममा खुट्टा काटिएपछि समयमै उपचार नगरी बस्दा खुट्टामा समस्या बढ्दै गएपछि पाल्पामा उपचार गराउँदा लागेको ऋण तिर्न रु ५० हजारमा बारी बेचेको उनले सुनाए ।

उनले भने, “अस्पतालको ऋण तिर्न भएको बारी बेचेँ, अब जग्गाको नाममा यही घर भएको बारी मात्रै छ, कसैको सहयोग पाए केही सहयोग हुने थियो, केही काम गर्न सक्ने अवस्था छैन, शरीर लौरीको भरमा हिँडाउनुपर्छ यस्तै छ जिन्दगी आफन्त नभएपछि के गर्नु ?” घरमा एक्लै भएपछि अहिले उनको दैनिकी पिँढीमा बसेर आफन्तको सम्झनामा टोलाएरै बित्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको

काठमाडौं : कर्मचारी सरुवामा नयाँ नियम लागू हुने भएको छ । यो नियम लागू भएपछि

म बारम्बार गई रहन्थे त्यो घरमा किनकी मलाई त्याहा जानु मज्जा लाग्दथ्यो ! म रमेश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय पुर्नव्यवस्थित गरेका छन् । कतिपय सल्लाहहरुले प्रभावकारी

काठमाडौं : चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी छन् ।

भक्तपुर : यस क्षेत्रमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने