राजविराजमा फाँड्याे प्रहरीले गाँजा



राजविराज : प्रहरीले सप्तरीको राजविराजमा ठूलो मात्रामा गाँजाखेती फडानी गरेको छ । राजविराज नगरपालिका–१० कदमाहा टोल, वडा नं. १२ को पिप्राही र १३ को सिम्यौनमा आइतबार ठूलो परिमाणमा गाजाका बोट फडानी गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३ सय १० घरधुरीले लगाएका करिब तीन हजार ५५ बोट गाँजा फडानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्