गान्धी विचारबाटै नेपालमा गणतन्त्र सम्भव : देउवा



काठमाडौं:  नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गान्धी विचारबाटै नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको दाबी गरेका छन्।

 

सभापति देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि गान्धीको अहिंसावादी आन्दोलनले बाटो देखाएको बताए। 

 

१ सय ५०औं गान्धी जयन्ति तथा अहिंसा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिंसावादी गान्धीको दर्शन शान्ति स्थापनाका लागि विश्वमै अनुकरणीय रहेको पनि स्मरण गराए।

 

सभापति देउवाले अंग्रेजजस्ता शक्तिशाली शासकलाई परास्त गरेर गान्धीले अहिंसावादी आन्दोलनको माध्यमबाट मात्रै दिगो शान्ति सम्भव रहेको दृष्टान्त पेस गरेको देउवाको भनाइ थियो।

 

कांग्रेस सभापति देउवाले गान्धीको अहिंसावादी आन्दोलनले शान्ति स्थापनाका लागि विश्वमै बाटो देखाएको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्