आज पनि सकिएन आलमको बयान



रौतटह : ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मोहम्मद अफताब आलमविरुद्ध रौतहट जिल्ला अदालतमा भइरहेको बयान आज (बुधबार) पनि सकिएन ।

राजपुर नरसंहारकाण्डको आरोपमा पक्राउ परेका नेता आलमको बयान दोस्रो दिन पनि नसकिएपछि अब बिहीबार पनि बयान हुने रौतहट जिल्ला अदालत रौतहटले जनाएको छ । रौतहट जिल्ला अदालतको चार नम्बर इजलासमा आलमको बयान भएको थियो ।

न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको थियो ।

८ सय ७८ पानाको मिसिलमा भएको प्रश्नहरु सोध्दा समय लाग्ने भएको अदालतले जनाएको छ ।

यसैगरी पीडितवादीका तर्फबाट पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रोलासहित अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्