सीके राउतको पार्टीले पनि उम्मेदवारी दर्ता गर्ने



काठमाडौं : सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा आएको डा. सीके राउतको पार्टी जनमत पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले यो निर्वाचनमा सहभागी हुन दल दर्ता गरेको जानकारी दिएका छन् ।

यससँगै मधेशलाई छुट्टै राज्य बनाउने भन्दै हिँडेका सीके राउतले मूलधारको राजनीतिमा आइ यही संविधान अनुसार मधेशका विभिन्न स्थानमा रिक्त क्षेत्रमा आफ्नो पार्टीको नामबाट उम्मेदवारहरु उठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्