कसरी जोगिने चिसोबाट ?



काठमाडौं: जाडोमा शरीरमा ताप उत्पन्न गर्ने खानेकुरा सेवन गर्नुहोस्। यसका लागि अण्डा, दूध र दूधजन्य पदार्थलगायत प्रोटियुक्त खानेकुरा खानुहोस् ।

 

बाहिर हिँड्दा बाक्ला कपडा लगाउनुहोस्। सवारी साधन चलाउँदा हावा भित्र नछिर्ने उनीको बाक्लो ज्याकेट लगाउनुहोस् ।

 

दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुहोस्। घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्य सम्बन्धी अन्य फाइदा पनि हुन्छ। जाडो बढी नै लागेमा तेलले शरीर मालिस गर्न सकिन्छ ।

 

महमा प्रसस्त आइरन पाइन्छ। रोग प्रतिरोधात्मक क्षमता वढाउन मह सेवन गर्न सकिन्छ ।

 

अदुवाको सेवन चिसोबाट बच्ने उत्तम उपाय हो। चिया, तरकारी जेमा सम्भव हुन्छ, अदुवा हाल्नुहोस्। यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनिकरण गर्छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्