काठमाडौं–निजगढ फास्ट ट्रयाकका आयोजक श्रेष्ठ जिम्मेवारीमुक्त



काठमाडौं : नेपाली सेनाको जंगीअड्डाले काठमाडौं–निजगढ द्रतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्यमा अनियमितता भएको भन्दै आयोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई जिम्मेवारीमुक्त गरिएको छ ।

द्रुतमार्ग निर्माणमा अनियमितता भएको भन्दै रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा उजुरी परेपछि श्रेष्ठलाई एक महिना अघि नै जिम्मेवारीमुक्त गरिएको हो । तर, यसलाई गुपचुप राखिएको जंगीअड्डा स्रोतले जनाएको छ ।

श्रेष्ठलाई एक महिनाअघि नै फास्ट ट्रयाक निर्माणकार्यको जिम्मेवारीबाट हटाइएको जंगीअड्डा स्रोतले जनाएको छ ।

प्राविधिक उपरथी योगेन्द्र खाँड आयोजना प्रमुख भएको बेला अनियमितता भएको भन्दै नेपाली सेनाको जंगीअड्डामा उजुरी परेको थियो भने खाँडले १३ असारमा अनिवार्य अवकाश पाइसकेका छन् । त्यसपछि श्रेष्ठ आयोजना प्रमुख बनेका थिए ।

अहिले प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गमा भएको भनिएको अनियमिताबारे छानविन गर्न बलाधिकृत रथी शरद गिरीलाई छानविन गर्ने जिम्मेवारी दिएका छन् । गिरीको टोलीले छानविन थालेलगत्तै श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्