यसरी तानिए २ खर्बको भ्रष्टाचारमा जर्नेल श्रेष्ठ

काठमाडौं : निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माण गर्दा भ्रष्टाचार भएको ठहर सैन्य मुख्यालयले छानविन गर्ने भनेपछि त्यसमा मुछिएका पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँणले तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नाम मुछेपछि क्षेत्री यसअघि नै अमेरिका भासिएका छन् । पूर्वप्रधान सेनापति अमेरिका भासिएपनि जर्नेल खाँणले पोलेका अर्का जर्नेल शरदलाल श्रेष्ठ ले भने यो भ्रष्टाचार काण्डबाट उन्मुक्ति नपाउने भएका छन् । खाँण आयोजना प्रमुख हुँदा श्रेष्ठले द्रुत मार्गको डिजाइन बनाएका थिए । अनुसन्धानका क्रममा खाँणले श्रेष्ठको पनि नाम लिएपछि जंगी अड्डाले श्रेष्ठलाई अनुसन्धनका लागि नेपाली सेनाको मुख्यालयमा तानेको छ ।

करिब एक खर्ब ७५ अर्बको लागतमा निर्माण हुने द्रूतमार्गमा व्यापक भ्रष्टाचार भएको चर्चा यसअघि पनि चल्दै आएको हो । तत्कालीन प्रधान सेनापति क्षेत्रीको संरक्षण र निर्देशनमा जर्नेल खाँण र श्रेष्ठले अनियमित ढंगले कामकारबाही अगाडी बढाएपछि त्यसबेलापनि उजुरी परेको थियो । तर, प्रधान सेनापति क्षेत्रीको निर्देशनमा ति उजुरी रद्दिको टोकरीमा फ्याकियो ।

पूर्णचन्द्र थापा प्रधानसेनापति भएपछि फेरी उजुरी परेपछि यससम्बन्धी छानबिन अगाडी बढेको हो । यसका लागि प्रधानसेनापति थापाले बलाधिकृत रति शरद गिरीको नेतृत्वमा अनुसन्धान गर्न छानबिन टोली गठन गरेका थिए । गिरी नेतृत्वको छानबिन टोलीले आफ्नो प्रतिवेदन प्रधानसेनापति कार्यालयमा बुझाइसकेको छ । प्रतिवेदनको विस्तृत कुरा सार्वजनिक नभएपनि जर्नेल श्रेष्ठ यो प्रकरणमा मुछिएपछि उनलाई मुख्यालय तानिएको हो ।

गिरी नेतृत्वको छानबिन टोलीले प्रधान सेनापतिको कार्यालयमा प्रतिवेदन बुझइसकेको कुरा पुष्टि गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले त्यसबारे केही दिनमै जानकारी दिने बताएका छन् । त्यस्तै प्रवक्ता पाण्डेले अनुसन्धानका क्रममा जर्नेल श्रेष्ठलाई मुख्यालयमा तानिएको पनि पुष्टि गरेका छन् ।

यस प्रकरणमा जर्नेल श्रेष्ठ तानिएपछि उनको ठाउँमा अहिले कर्णेल विकास पोखरेललाई जिम्मेवारी दिइएको छ । अहिले तानिएका जर्नेल श्रेष्ठलाई जेठ २० गते योगेन्द्र खाँणले बरबुझारथ गरेका थिए ।

फास्ट ट्रयाक, विकास निर्माण, हवाई सेवातर्फ अनियमितताबारे व्यापक कुरा उठेको, ठेकेदार र सैनिक अधिकारीबीचमै मिलेमतोका उजुरी बढेपछि त्यहाँका पुराना टेण्डर रद्द गरिएका छन् । अहिले धमाधम पुराना ठेकेदारका बाँकी–बक्यौता फस्र्यौट गर्दै बिदा दिने क्रम चलेको छ । र, ती ठेकेदारले गरेका काम जहाँ पुगेको थियो, त्यहीँ रोकेर तिनै कामका लागि पुनःटेण्डर खोलिएको छ ।

त्यस्तै, आर्थिक अनियमितताका विषयमा समय–समयमा कुरा उठ्ने सर्भिस सपोर्ट युनिटमा पनि सुधार ल्याउने गरी जंगी अड्डा अगाडी बढेको जनाइएको छ ।

अनुसन्धानका क्रममा खाँणले श्रेष्ठको पनि नाम लिएपछि जंगी अड्डाले श्रेष्ठलाई अनुसन्धनका लागि नेपाली सेनाको मुख्यालयमा तानेको छ ।

प्रतिक्रिया दिनुहोस्