विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा



भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले आंशिक शिक्षक सहित प्रशासन र विभिन्न विभागका लागि २० जना कर्मचारी भर्ना गरेपछि विधि मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् ।

 

प्राध्यापक सङ्घले नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । संघका संयोजक यज्ञराज पाठकले अवैधानिक नियुक्ति खारेज र प्रमुख डा विष्टको राजीनामा माग गरे । क्याम्पसका लागि आवश्यक पर्ने शिक्षक, कर्मचारीको दरबन्दी कार्यकारी परिषद्मा सिफारिश गर्ने व्यवस्था भए पनि विष्टले एकलौटीरुपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव छ ।

 

विद्यार्थी सङ्गठनहरु आन्दोलनमा रहेका बेला प्राध्यापक सङ्घले पनि  सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो  । क्याम्पस प्रमुख डा विष्टले आफ्नो अधिकार प्रयोग गरेर प्रक्रियासङ्गत ढङ्गबाटै आंशिक शिक्षक र कर्मचारी नियुक्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्