५१ करोडको ठेक्का रद्द हुँदा तनावमा आईजीपी खनाल



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेपछि नेपाल प्रहरीले सामान गरिदका लागि गरेको टेण्डर रद्द हुने भएको छ । नेपाल प्रहरीले २०७६ साउन २६ मा चुस्ता, कटन सर्ट, कटन पाइन्ट, ऊलन सर्ट, डीएमएस बुट, उलन स्वीटरसहित १४ किसिमका सामान खरिदको लागि गरेको टेण्डर रद्द हुने भएको हो । यसरी टेण्डर रद्द हुनेभएपछि आईजीपी खनालले आफू निकटकाहरुसँग दुखेसो पोखेका छन् ।

अख्तियारले नेपाल प्रहरीले विगत २ बर्षयता गरेका ३ अर्ब रुपैयाँ बराबरको खरिद गरेको सबै फाइल झिकाएर अनुसन्धान थालेपछि ५१ करोड बराबरको साउन २६ मा गरेको टेण्डर रद्द गर्ने निर्णय प्रहरीको प्रबन्ध निर्देशनालयले गर्ने भएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

नेपाल प्रहरीले करीब ५१ करोडको बन्दोबस्तीका सामान खरिदका क्रममा २० करोडभन्दा बढी अनियमितता गर्न लागेको भन्ने सूचना अख्तियारदेखि गृहमन्त्रालयसम्म पुगेको स्रोतको दाबी छ । प्रहरीको खरिद हेर्ने प्रबन्ध र आर्थिक प्रशासन महाशाखाका अधिकारी र निश्चित ठेकेदारहरूको सेटिङमा ६ वटा मात्र आपूर्तिकर्तालाई ठेक्का दिन लागेको आरोपको उजुरी परेकाले ठेक्का रद्द लागिएको स्रोतले बतायो ।

यो ठेक्का रद्द भएपछि वर्तमान आइजीपी सर्वेन्द्र खनालको पालामा पुनः सामान खरिदको टेण्डर नहुने भएको छ

प्रतिक्रिया दिनुहोस्