उपनिर्वाचन : भक्तपुरमा नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा


भक्तपुर : आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए । मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो ।
प्रदेशसभाको गत निर्वाचनमा (एमाले)का उम्मेदवार लामिछानेले १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए भने निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९ सय ७७ मत ल्याएका थिए । नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गरेका थिए ।

यसपटकको उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसले यसअघिको संविधानसभामा उम्मेदवारसमेत बनेका व्यवसायी कृष्णलाल भँडेल र नेमकिपाले पत्रकारितामा समेत सक्रिय रहेका युवानेता निरज लवजूलाई उम्मेदवार बनाएको छ ।

नेकपाका उम्मेदवार ढकाललाई यसपटकको निर्वाचनमा पहिलाको जितलाई सुनिश्चित गर्नैपर्ने चुनौती छ । यसका लागि आफू तयार रहेको र नेकपा एक ढिक्का भएर अगाडि बढेकाले जस्तोसुकै चुनौतीलाई पन्छाएर जित सुनिश्चित गर्ने ढकाल बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न जनतासमक्ष घोषणापत्र लिएर चुनावी अभियानमा हामिएको बताउँदै ढकालले भने– “मेरो नाफाको जिन्दगी भक्तपुरका जनताको सुख र समृद्धिमा खर्च गर्छु, मुख्यरूपमा सङ्गठन र कार्यकर्ताको बल, जनताको विकासप्रतिको चाहना र नेकपाको समृद्ध भक्तपुर बनाउने अभियान नै विजयको मुख्य आधार हुनेछ ।”

यसपटकको निर्वाचनमा जित्नैपर्ने पार्टी दवाव रहेका काङ्ग्रेसका उम्मेदवार भँडेललाई विगतको तुलनामा पार्टीको मत बढाउनैपर्ने चुनौती रहेको छ । गत निर्वाचनमा आफ्नै पार्टीका मतदाताहरुले अन्तर्घात गरेका कारण पराजय भोग्नुपरेको दाबी गर्दै काङ्ग्रेस उम्मेदवार भँडेलले यसपटक कुनै अन्तर्घात नहुने भएकाले जित सुनिश्चित रहेको दाबी गरे । यसपटक राप्रपा संयुक्त समर्थन गर्नका लागि छलफल भइरहेको उनको भनाइ छ । राप्रपा संयुक्तको समर्थन रहे भारी मतान्तरले जित्ने उनको भनाइ छ ।

विसं २०७० को संविधानसभा निर्वाचनमा भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग पराजित भएका भँडेललाई यसपटक भने नेकपा चुनौती बनेको छ । नेमकिपा आफ्नो प्रतिस्पर्धी नै नभएको उनले बताए ।

यता नेमकिपाले पनि आफ्नो पुरानो विरासत कायम गर्छौ भन्दै यसपटकको प्रदेशसभा निर्वाचनमा पहिलो पार्टी हुने दौडमा लागेको छ । भक्तपुरमा दशकौँदेखि पकड जमाएको नेमकिपा प्रदेश निर्वाचन क्षेत्रमा पनि पकड जमाउने कसरतमा छ ।

यसअघिको प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार रहेर तेस्रो स्थानमा चित्त बुझाएको लवजूलाई नेमकिपाले यसपटक पुनः उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ल्याएको छ । राष्ट्रियताको नारा लिएर सत्तामा बसिसकेका दलहरुको भण्डाफोर अभियान सञ्चालन गरेर मत माग्ने भन्दै प्रतिस्पर्धामा उत्रिएको नेमकिपाको भनाइ छ । अर्को उम्मेदवार नपाएर नभई पार्टीका युवा, जुझारु, बौद्धिक वर्गको उम्मेदवार भएकाले यसपटक पनि लवजूलाई नै दोहो¥याएको नेमकिपाको भनाइ छ ।

नेमकिपाको पकड देखाउन पनि यसपटकको निर्वाचनमा जित्नैपर्ने बताउँदै लवजू ठूला शासक दलहरुबाट आजित भएका जनताले नेमकिपालाई समर्थन गर्ने भएकाले यसपटक जितेर देखाउने बताए । लवजू जनताले वैकल्पिक शक्तिको खोजी गरेकाले त्यो शक्तिको रुपमा नेमकिपा उभिएको बताए । जनताको हरेक दुःखसुखमा साथ रहँदै जनताको घरदैलोमा पुग्ने नेताको रुपमा आफू चिनिएकाले पनि यसपटक जित सुनिश्चित रहेको उनको दाबी छ ।

विगतमा चौथो शक्तिका रुपमा रहेको राप्रपा (संयुक्त) को उम्मेदवार रामशरण लामिछानेको समानुपातिक बन्द सूचीमा समेत नाम रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि यो निर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवारी रहेन । त्यसैले पनि राप्रपा (संयुक्त) ले जसलाई समर्थन ग¥यो उसलाई सहज हुने आँकलन पनि गर्न थालिएको छ ।

त्यसैगरी यस क्षेत्रमा उम्मेदवारी दिएका साझा पार्टीका सुरज प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, नेकपा मालेका सुदर्शन लामिछाने, नेपाली काङ्ग्रेस (बीपी)का मधुसुदन न्यौपाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार पनि चुनाव प्रचार अभियानमा लागेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु सुजाता देउजा, अर्जुन कोजू, कृष्णराम पोतामाहा, राकेश सुवाल, सङ्गीता पौडेल, उत्तम साखकर्मी, जीवन नेपाली, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, सुमना कार्कीले उम्मेदवारी दिएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : स्थानीय तहको कर्मचारी सरुवामा सहमति जुटेको छ । जसअनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई

काठमाडौ : शनिबार मादक पदार्थ मापसे गरेर रत्नकुमार श्रेष्ठले भक्तपुर कागेश्वरी मनोहरा स्थित थलीमा ताण्डप

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन आज (मंगलबार) हुँदैछ । समापनको दिन

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको