डा. केसीलाई शिक्षामन्त्रीको आग्रह- देश लिपुलेक र नालापानीमा एकतावद्ध छ, अनशन तोड्नुस्


काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उहाँलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उहाँलाई अपिल गर्नुभयो । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि १७औँ पटक डडेल्धुरा पुगेर अनशन बसेका छन् । डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।

मन्त्री पोखरेलले भन्नुभयो, “अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।” कालापानी, लिपुलेकलगायत नेपाली भूभाग अतिक्रमणबारे भारतसँग कूटनीतिक रुपमा समाधानको माग गर्दै विभिन्न राजनीतिक भ्रातृ सङ्गठन, नागरिक समाज र युवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै आएका छन् ।

मन्त्री पोखरेलले शिक्षा नीति र विज्ञान प्रविधि नीतिको टुङ्गो लागिसकेको जानकारी दिनुभयो । उहाँले समग्र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन मन्त्री पोखरेल आजै फ्रान्सको राजधानी पेरिस प्रस्थान गर्दै हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको

काभ्रेपलाञ्चोक: जिल्लाको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७

भीमदत्तनगर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने