सरकारलाई कसैको रोकतोक छैन : वरिष्ठ नेता पौडेल



काभ्रेपलाञ्चोक : नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् । 

 

बनेपामा आयाेजित एक समाराेहमा वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताए । 

 

उनले भने, ‘दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।’ वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाए । 

 

उनले भने, ‘सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।’  

 

नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गरे । उनले ‘वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ,’ भने । 

 

नेता पौडेलले कांग्रेसले महासमिति बैठकका बेला नमूना विधान बनाएको बताए । ‘तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ’, उनले भने । 

 

प्रतिक्रिया दिनुहोस्