मौसम : निम्न चापीय प्रणालीको प्रभाव पश्चिम नेपालमा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा आंशिक वदलि रही बाँकि भूभागमा सामान्यतया मौसम सफा रहने जनाएको छ ।

एउटा कमजोर निम्न चापीय प्रणालीका कारण पश्चिम नेपालमा यसको सामान्य प्रभाव देखिएको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम
कात्तिक २७ गते (बुधबार)
दिउँसो :
देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदलि रही बाँकि भूभागमा सामान्यतया मौसम सफा रहनेछ ।

राति : देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी पहाडी भूभागको १–२ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । साथै पश्चिमी उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कात्तिक २८ गते (बिहिबार)
दिउँसो :
देशको पश्चिमी भूभागमा सामान्य बदलि तथा मध्य र पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी पहाडी भूभागको १–२ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । साथै पश्चिमी उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशको पश्चिमी भूभागमा सामान्य बदलि तथा मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी पहाडी भूभागको १–२ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ । साथै पश्चिमी उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कात्तिक २९ गते (शुक्रबार)
दिउँसो :
देशको पश्चिमी भू(भागमा सामान्य बदलि रहि मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदलि रहने छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदलि रहि अन्य भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्