बालाजुबाट पाँच किलो सुनसहित एकजना प्रहरी नियन्त्रणमा



काठमाडौं: राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

 

रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

 

केरुङ नाका हुँदै आएको उक्त सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो । 

 

पाँच किलो सुन बरामद गरिएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले थप अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्