अाजदेखि डीभी खुल्ने, यी नियम पालना गरेर मात्र अावेदन भर्नुहाेस् !



अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन बुधबारदेखि खुल्नेछ । बुधबार राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

 

सन् २०२० को लागि डीभीको आवेदन दिन सकिने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी भर्न चाहनेले तोकिएको समयभित्र http://www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन् ।

 

यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ । 

 

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

 

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ ।  तपाईंलाई डीभी पर्‍याे यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला ।

 

तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्