चुनावी प्रचारको नयाँ शैली : सरर पानी घट्टमा…



काठमाडौं : आगामी १४ मंसिरमा देशका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । उम्मेदवारका साथै राजनीतिक दल, शुभचिन्तक, समर्थक लगायतकाले मतदान माग्नमा व्यस्त छन् । उम्मेदवारहरु मतदाताको घर दैलोमा पुगिरहेका छन् । तर केही समर्थकहरुको मत माग्ने शैली फरक छ ।

बलात्कार अभियोगमा पुर्पक्षका लागि जेलजिवन बिताउँदै गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र जिउँदै मान्छे मारेर ईट्टाभट्टामा जलाउँने नेपाली कांग्रेसका निलम्बित सांसद महमद आफताव आलमको घटनालाई जोडेर समर्थकहरुको विरोध एवं मत माग्दैछन् । अहिले समाजिक सञ्जालमा मत माग्ने यो शैली भाइरल भएको छ ।

नेकपा समर्थकहरुले आमल घटनालाई जोडेर मत माग्दैछन् । रुखमा मतदान नगर्नु जिउँदै मारेर इट्टाभट्टामा जलाउछन् भन्दै सूर्यमा मतदान गर्न आग्रह गरेका छन् ।

विश्वमणी सुबेदी बिमसुले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘सरर पानी घट्टामा रुखमा भोट नहाल्नु कसैले जिउँदै पोल्लान इट्टाभट्टामा ।’ अहिले यो स्टाटस समाजिक सञ्जालमा भाइरल भएको छ ।

यस्तै मनोज श्रेष्ठले फेसबुकमा लेखेका छन्– ‘अगाडी होईन पछाडी हेर्नुस्, तल होईन माथी हेर्नुस्, त्यसको व्याख्या, विश्लेषण र संस्लेषण गर्नुस् । वास्तवमा संसदवाद भनेको हत्यारा र बलात्कारीहरुको भिड मात्र हो ।’

समाजिक सञ्जालमा अहिले नेकपा र कांग्रेसको यसरी विरोध र समर्थन हुँदै गर्दा उम्मेदवार भने घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । तर उम्मेदवार एवं पार्टीका समर्थकहरु खुलेयाम रुपमा समाजिक सञ्जालमा दुबै पार्टी भित्रका कर्तुतहरुको पर्दाफास गर्दैछन् ।

समाजिक सञ्जालमा नारासहित भाइरल भएको विषयमा गीत पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्