दुर्घटनामा चालकको मृत्यु



लमही : दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

 

भारतको दिल्लीबाट बुटवलतर्फ गइरहेको ना६ख ८४४४ नम्बरको बसले चन्द्रौटादेखि अत्तरियातर्फ जाँदै गरेको ना६ख ५२६० नंको ट्रकलाई लमही नगरपालिका–८ गणेशपुरमा ठक्कर दिँदा बस चालक कोहलपुर नगरपालिका–११ बस्ने वर्ष ४५ का कृष्णबहादुर सारुमगरको मृत्यु भएको हो । 

 

आज मध्यान्ह् भएको दुर्घटनामा परी गम्भीर घाइते मगरको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । मगरको शव कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्