कसरी भेटायो प्रहरीले विप्लव समूहले चुनावमा आतंक मच्चाउन लुकाईराखेका मेसिन गन ?



दाङ : दाङको उपनिर्वाचनमा आतंक फैलाउने गरी विप्लव माओवादीको रणनीति अनुसार हतियार भण्डारण गर्ने कार्यक शुरु भएको प्रहरीले यसअघि नै चाल पाएको थियो । यसरी हतियार भण्डारण गर्न लागेको सूचना पाएसँगै प्रहरीले सर्च अभियान शुरु गरेको छ ।

दाङमा हुन गईरहेको प्रदेशसभा उपनिर्वाचनको पूर्व सन्ध्यामा विप्लव माओवादीले जनतामा त्रास फैलाउनको लागि हतियार भण्डारण गरिरहेको बताइन्छ । यसरी हतियार भण्डारण गर्न लागको सूचना पाएपछि प्रहरी चनाखो भएको थियो । प्रहरीले सर्च अभियान शुरु गरेसँगै सरकारद्वारा प्रतिवन्धित विप्लव माओवादीले लुकाई राखेको ५ थान एसएमजी (सर्ट मेसिन गन) राइफल प्रहरीले बरामद गरेको हो ।

दाङको गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामाबाट एसएमजी बरामद भएको प्रहरीले जनाएको छ । उक्त एसएमजी वेवारिसे अवस्थामा छाडिएको एसएमजी राईफल गोठबाट बरामद भएको प्रहरीले बताएको हो ।

नेत्रविक्रम नेतृत्वको नेकपाले हतियार स्थानान्तरण गर्दैछन् भन्ने सूचना पाएपछि खोजतलास गर्दा प्रहरीले २९ कात्तिक साँझ ६ बजे सुटकेशभित्र पातपतिङ्गरले छोपेर राखेको अवस्थामा हतियार फेला परेको हो ।

एसएमजी राईफलसँगै त्यसमा लाग्ने म्याग्जीन १३ थान र गोली ३९० राउण्ड बरामद भएको पनि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्