उपप्रधानमन्त्री यादवलार्इ कालाे झन्डा देखाउने स्वतन्त्र मधेश गठबन्धनकाे तयारी



जनकपुरधाम: उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव पार्टीको ट्रेड यूनियन प्रदेश स्तरिय भेलालार्इ सम्बाेधन गर्न बुधबार जनकपुर जाने भएका छन् ।

 

जनकपुरको मत्स्य तालिम केन्द्रमा ट्रेड यूनियनको भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी त्यहाँ जान लागेकाे संघीय समाजवादी फोरम नेपालका नेता शेष नारायण यादवले बताए ।

 

बुधबार उपप्रधानमन्त्री यादवले महोत्तरीमा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको यादवले जानकारी दिए ।

 

जनकपुर बसाइको क्रममा उपप्रधानमन्त्री यादव जनकपुर अञ्चल अस्पताल निरीक्षण गर्ने छन् तर समय भने यकिन हुन नसकेकाे पार्टी स्राेतले जनायाे ।

 

उता उपप्रधानमन्त्री यादव जनकपुर आगमनको खबर थाहा पाएपछि स्वतन्त्र मधेश गठबन्धनले विरोध गर्ने याेजना बनाएकाे एक स्राेतले बतायाे ।

 

प्राप्त जानकारी अनुसार जनकपुरका केही स्वतन्त्र युवाहरुको समूहले कालाे झन्डा देखाउने तयारी गरेको सूचना प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्