बजारको बीचमा परेवा दरबार



पाँचथर : बजारमा जता गयो उता परेवा । पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारवासीले एउटा सानो खोर बनाएर राखेका थिए । त्यसमा परेवा अटाएनन् ।

घरहरूका अग्रभागमा परेवाले गुँड लगाउने, बच्चा कोरल्ने गरे । स्थानीय रमेश थापाका शब्दमा महिनैपिच्छे तिनको संख्या बढ्या बढ्यै ।

यासोक बजारमा परेवा बढ्नुको अर्को कारण भने धार्मिकजनले चढाउने परेवा हुन् । आमनेसामने रहेका कुम्मायक र कुसायक डाँडामा चढाइने परेवा आहाराका लागि बजारतिर झरिहाल्छन् । 

परेवाको बिष्टाबाट घर र बजार क्षेत्रमा स्थानीयवासी नाक थुन्न बाध्य थिए । जति हटाए पनि परेवा आएर गुँड लगाउन छोड्ने होइनन् ।

गाउँपालिकाले यस पटक परेवा व्यवस्थापन गर्न दस लाख रुपैयाँ छुट्याएको थियो । त्यति बजेटमा परेवाको खोर बनाउन यासोक बजारमै रहेको मेगा बैंकको शाखा कार्यालयले साझेदारी गरिदियो । बजारको बीचमा बनिरहेको खोरलाई परेवा स्तम्भको आकार दिइने छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्