दिल्लीमा आक्रमणको तयारीमा जुटेका गिरोहको पर्दाफास



नयाँ दिल्ली: राजधानी दिल्ली र त्यसको वरिपरि कट्टरपन्थी हमला गर्ने तयारी गरिरहेको एक गिरोहको योजना पर्दाफास गरेको भारतको राष्ट्रिय अनुसन्धान निकाय एनआईएले दाबी गरेको छ ।

 

दिल्ली र उत्तर प्रदेशका १७ स्थानमा छापामारी १० जनालाई पक्राउ गरिएको एनआईएले बुधबार जनाएको छ । यसमा एक महिला पनि परेकी छिन् । सबैलाई बिहीबार दिल्लीको पटियाला कोर्टमा एनआईएको विशेष अदालतमा पेश गराइनेछ ।

 

एनआईएका प्रवक्ताले एक पत्रकार सम्मेलनमा भने– ‘बुधबार बिहान उत्तर प्रदेश र दिल्लीबाट ५–५ संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरु बम बनाउने आधुनिक चरणमा पुगेका थिए।’ पक्राउ परेकाहरु हरकत उल हर्ब–ए–इस्लाम सदस्य भएको र उक्त संगठन आफूलाई इस्लामिक स्टेट समूहसँग प्रभावित मोड्युल बताउँछ ।

 

एनआईएले उक्त संगठनका नेता मुफ्ती सुहेल इन्टरनेटको माध्यमबाट विदेशका एक सञ्चालकसँग सम्बन्ध रहेको दाबी गरेको छ । तर उनीहरु यसअघि कुनै षड्यन्त्रमा सहभागी थिए वा थिएनन् भन्ने जानकारी नभएको जनाएको छ । उक्त समूह आत्मघाती हमलाको तयारी रहेको र उनीहरु आरोहमा आत्मघाती ज्याकेट बनाइरहेको दाबी गरिएको छ। उनीहरुले यसका लागि आफ्नै पैसा लगानी गरेको र केहीले घरको सुन चोरी गरी बजारमा बेचेको र त्यसबाट हतियार तथा बाँकी सामान किनेका थिए ।

 

गिरफ्तार परेका धेरैजसोको उमेर २० देखि ३० वर्षको बीचका छन्। उनीहरुमध्ये एकजना इन्जिनियर, एकजना बीए अध्ययनरत, एकजना अटोचालक, एकजना कपडाका व्यापारी र एकजना मौलबी भएको बताइएको छ । उनीहरुबाट १ सयभन्दा धेरै मोबाइल फोन र घरायसी रकेट लन्चर पनि बरामद गरिएको अधिकारीहरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्