अदालतमा महिला हिंसाका उजुरी वढे



काठमाडौं:  पछिल्लो समय महिला हिंसासंग जोडिएका उजुरीहरु अदालतमा आउन थालेका छन् । जनचेतनाको विस्तार र महिलामैत्रि कानुन भएका कारण पनि महिला हिंसासंग जोडिएका मुद्दाहरु अदालतमा दर्ता हुने क्रम बढेको हो ।

 

दैनिक १० वटा उजुरीहरु आउने गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए । राष्ट्रिय महिला आयोग, स्थानीय निकाय, प्रहरी र अदालत महिला हिंसाका घटनाहरु दर्ता हुने निकाय हो ।

 

यस्तै दैनिक १० वटा दर्ता विवाह हुने गरेको छ । भदौ २०७५ देखि मंसीर मसान्त सम्म एक सय २ थान बलत्कारसंग सम्बन्धित उजुरीहरु दर्ता भएको काठमाडौं जिल्ला अदालतको तथ्याङकमा उल्लेख छ । मूख्यतः आपसी समझदारी, वैदेशीक रोजगार, गरीवीका कारण सम्वन्ध विच्छेदका मुद्दाहरु दर्ता भएका छन् ।

 

अधिवक्ता जयाराम श्रेष्ठले शिक्षाका कारण पनि हिंसाका उजुरीको संख्या बढ्दै गएको छ । महिला हिंसा र बालबालीकासंग जोडिएका मुद्दालाई मूख्य न्यायाधीशकै वेन्चबाट हेर्ने व्यवस्था मिलाउने सहमति भएको अधिवक्ता श्रेष्ठले बताए ।

 

जिल्ला अदालत काठमाडौंले महिला तथा घरेलु हिंसाका मुद्दामा निरन्तर सुनुवाइ गर्न थालेको छ  । काठमाडौं जिल्ला अदालतमा जवरजस्ती करणी, घरेलु हिंसालगायत मुद्दामा छिटोछरितो प्रक्रिया अपनाइएको छ । घरेलु हिंसाका मुद्दा छिटोछरितो टुंग्याउन फास्टट्रयाक कोर्ट गठनको माग उठ्दै आएको थियो । यसैविच, अतिविपन्न पिडीतहरुको लागि वैतनिक वकीलको व्यवस्था गरीएको छ ।

 

पर्याप्त प्रचारको अभावमा विपन्न व्यक्तिहरुको पहुँच बैतनिक अधिवक्ता सम्म पुग्न सकेको छैन । अदालतको ढोका सम्म आईपुगेपछि कोही पनि न्याय नपाई फर्कन नपरोस भनेर वैतनीक वकीलको व्यवस्था गरीएको राजधानीमा खवर छ । प्रहरीको तथ्यांङकले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्