इन्डोनेसिया सुनामी : जोखिमपूर्ण अवस्थाका पीडितको उद्धार



इन्डोनेसिया: सुनामी र ज्वालामुखीका कारण जोखिमपूर्ण अवस्थाका दुर्गम क्षेत्रका स्थानीयवासीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोज तथा उद्धारमा समस्या उत्पन्न भएको उद्धारमा खटिएका अधिकारीले जानकारी दिएका छन् ।

 

उनीहरुका अनुसार वर्षाका कारण उद्धारमा प्रयोग हुने मार्ग जलमग्न भएका छन् भने नदीको सतह पहिलेको तुलनामा निकै बढेको छ । केही दिनअघिको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण चार सय भन्दाबढी मानिसको ज्यान गएको सरकारी निकायले पुष्टि गरेको छ । घाइतेको संख्या धेरै भएकाले मृतकको संख्यामा वृद्धि हुनसक्ने बताइएको छ।

 

शनिबार राति भएको अनाक क्राकाटाओ ज्वालामुखी ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या चार सय २९ पुगेको पछिल्लो अपडेट रहेको छ । प्रकोपमा एक हजार चार सय ८५ जना घाइते हुनुका साथै एक सय ५४ जना अझै बेपत्ता रहेका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्