नक्खु जेलबाट आलमले यसरी दिए फेरि एसपीलाई धम्की (भिडियोसहित)



काठमाडौं : बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि संघीय राजधानीको ललितपुर स्थित नक्खु जेलमा रहेका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीलाई जेलबाटै धम्की दिएको खुलेको छ ।

आलमले आफूलाई नक्खु कारागारमा राखेकोमा पनि आक्रोश व्यक्त गरेका छन् । आफ्ना रिस्तेदार आफन्तहरुबाहेक अरु कसैलाई भेट्न नदिएको भन्दै आलमले जेल प्रशासनसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् ।

रौतहट जिल्लाकै कारगारमा राख्नुको सट्टा आफूलाई नक्खु कारागारमा लयाईएकोमा आक्रोशित बनेका आलमले हिन्दी भाषामा निवेदनपत्र लेख्दै आफूलाई रौतहट कारागारमै सरुवा गर्न माग गरेका छन् । आलमलाई भेट्न गएका कांग्रैेसका नेता रामचन्दा गिरीमार्फत आलमले उक्त निवेदनपत्र जेल प्रशासनमा पठाएका छन् । उक्त निवेदनपत्रमा आलमले एसपी खत्रीलाई धम्कीपूर्ण भाषामा लेखेको छन् वो एसपी (भुपेन्द्र) ने मेरे साथ गलत किया, उसको भि बुरा होगा । यसरी आलमले उनलाई पक्राउ गरेका रौतहट जिल्ला प्रहरी प्रमुख एसपी खत्रीलाई धम्की दिएका हुन ।

यसअघि आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएको भिडियो सार्वजनिक भएको थियो ।

२ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका थिए । हेर्नुहोस आलम र प्रहरीबीच पक्राउ गरेर लैजादै गर्दाको संवाद
आलमः तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?
प्रहरीः कहाँ हामीले ठट्टा ठानेका छौं हजुर  ? माननीयज्यूलाई हामी सम्मान गर्छौं । जयनेपाल, नमस्कार भनेका छौं ।
आलमः (गाडीमा हात बजार्दै) हँ‘ यो जिल्लामा आग (आगो) लाग्छ, आग ।
प्रहरीः शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईँको पनि जिम्मेवारी हो नि ।
आलमः यो जिल्लामा आग (आगो) लाग्छ । तपाईं हेर्दै जानुस् । भारतबाट मानिस‘ (उनी आफ्नो मोबाइल फोन हेर्छन्)
प्रहरीः त्यस्तो भन्न मिल्दैन हजुर ।
आलमः मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंले ।
प्रहरीः हैन माननीयज्यू ।
आलमः अब जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ ।
प्रहरीः माननीयज्यू, अशान्ति हुन्छ, आगो लगाउँछु, मान्छे मार्छु भन्न कहाँ मिल्छ रु
आलमः (चिच्याउँदै) हँ‘ एकदम हुन्छ, हुन्छ, हुन्छ ।
प्रहरीः त्यसो भन्न हुँदैन हजुर ।
आलमः (प्रहरीतर्फ औंला ठड्याउँदै) तपाईं (डीएसपी नवीन कार्की) र एसपी (भूपेन्द्र खत्री) लाई हत्कडी लगाउँछु ।
प्रहरीः ठीक छ, ठीक छ । म जेल जान तयार छु । सर्वोच्चको आदेश पालना गर्दा हजुरले जेल पठाउनुहुन्छ भने हामी जान्छौं ।
आलमः अब असहज परिस्थिति निर्माण हुन्छ, त्यसको जिम्मेवारी तपाईं र एसपीले लिनुपर्छ ।
प्रहरीः शान्तिसुरक्षा गर्ने दायित्व हजुर (आलम) को पनि हो ।
आलमः तपाईंलाई के हुन्छ भन्ने त मेरो वकिल आउँछ अनि थाहा हुन्छ ।
प्रहरीः बरू को वकिल हुनुहुन्छ, हामी बोलाउन सहयोग गर्छौं । मर्जी होस् हजुर ।
आलमः (चर्को स्वरमा) हैन, मलाई तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसको भुक्तभोगी तपाईं र एसपी हुनुहुन्छ ।
प्रहरीः हामीले त सर्वोच्चको फैसला कार्यान्वयन मात्रै गरेका हौं हजुर ।
आलमः होइन, त्यसका लागि पुलिस लिएर जान मिल्छ  ? मेरो भारतबाट‘
प्रहरीः माननीयज्यूलाई सम्मानसाथ जयनेपाल, नमस्कार गरेर यस्तो आदेश छ हजुर भनेका छौं ।
आलमः होइन, तपाईंहरुले डकैतजस्तो व्यवहार गर्नुभयो । यही चोक (राजपुररइन्द्रिस गेट) मा हजारौं मानिस जम्मा
हुन्छन् अब ।
प्रहरीः केका निम्ति हजुर ? हामीले त सर्वोच्चको फैसला कार्यान्वयन गरेका हौं । अब अदालतले फैसला गर्छ, भीडले होइन । हजुरको पक्ष ‘स्ट्रङ’ छ भने त्यसरी जाउँ न हजुर ।
आलमः होइन, तपाईं दुइटा पुलिस राखेर‘ (शब्द बुझिँदैन) गर्नुभएको छ, यसको भुक्तभोगी (जिम्मेवार) तपाईंहरु बन्नु हुनेछ ।
प्रहरीः हजुरले मलाई कहाँ दोष दिन मिल्छ र ? हामीले कानुन कार्यान्वयन गर्ने मात्रै हो । हामी सामान्य कारिन्दा मात्रै हौं ।
आलमः हैन, हैन ।
प्रहरीः हजुरहरुले नै बनाएको कानुन कार्यान्वयन गरेका हौं ।

(यो भिडियो कभिर केसीको फेसबुकबाट लिइएको हो ।)

प्रतिक्रिया दिनुहोस्