प्रचण्ड निवासमा एकाविहानै किन पुगे गृहमन्त्री बादल र प्रवक्ता श्रेष्ठ



काठमाडौं : मन्त्रीपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्नु अगाडी पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पूर्व माओवादी तर्फका शीर्ष नेताहरुको बैठक बसेको छ ।

प्रचण्ड निवास खुमलटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज (बुधबार) एका बिहानै ७ बजे पुगेका थिए । बादल पुगेको एकछिन पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए । करिब २ घण्टा उनीहरुबीच छलफल भएको बताइएको छ । उनीहरुबीच मन्त्रीमण्डल पुनर्गठन सम्बन्धी हटाउने मन्त्री र नयाँ ल्याउने मन्त्रीहरुको नामका साथै अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने विषयमा गम्भीर छलफल भएको बताइन्छ ।

उक्त छलफलपछि अध्यक्ष प्रचण्ड सिधै प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बालुवाटार हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्