पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै महासङ्घद्वारा भत्र्सना



काठमाडौँ : नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकारमाथि दुव्र्यहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

महासङ्घले समाचार सङ्कलनका क्रममा प्रदेश टुडे दैनिकका प्रियास्मृति गजमेर, रेडियो देउखुरीका शिवराज खनाल र गणतन्त्र दैनिकका शिवु खनालमाथि इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डे नेतृत्वको प्रहरी टोलीले दुव्र्यवहार गर्दै उनीहरुले खिचेको फोटोसमेत मेटाइदिएको जनाएको छ । 

 

यही पुस ८ गते कञ्चनपुरबाट छ ट्रकमा झापातर्फ गोरु लाँदै गर्दा हिन्दू जागरणका कार्यकर्ताले अवरोध गरेको समाचार सङ्कलनका लागि लठ्ठहवा भन्ने स्थानमा पुगेका पत्रकारलाई प्रहरी टोलीले दुव्र्यवहार गरेको महासङ्घको विज्ञप्तिमा जनाइएको छ ।

 

 समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकारको संवैधानिक अधिकारलाई प्रहरीले अवरोध सिर्जना गरी पत्रकारमाथि दुव्र्यवहार गर्नु र समाचार सामग्री मेटाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्