काठमाडौंको गोठाटारबाट बालक अपहरित



काठमाडौं: काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेको प्रहरीमा खबर आएको छ।

 

गोठाटारका ८ वर्षीय बालक अपहरणमा परेका हुन्। तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले जानकारी दिएको प्रहरीले जनाएको छ।

 

बालकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्