धनुषामा २ महिनामा १० वटा बलात्कारका घटना



धनुषा: महिला हिंसा र बलात्कार न्यूनिकरण गर्न देशभरि प्रदर्शन भइरहँदा धनुषामा पछिल्लो २ महिनामा १० वटा बलात्कारका घटना भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार श्रावण महिनामा ३ वटा र भदौमा ७ वटा बलात्कारका घटनामा उजुरी दर्ता भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायब उपरीक्षक दिपेन्द्र बहादुर शाहीले जानकारी दिए अनुसार बलात्कारको अभियोगमा ८ जना पक्राउ परेका छन् भने ३ जना फरार रहेका छन् । 

 

बलात्कारको शिकार हुनेमा अधिकांश बालिका रहेको प्रहरी नायब उपरिक्षक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्