तुलसीपुरमा कृषकलाई अनुदानमा तोरीको बीउ वितरण



तुलसीपुर :   तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले यसवर्ष ३० क्वीन्टल तो रीको  बीउ वितरण गरे को  छ । 

तुलसीपुर उपमहानगरपालिका–१९ वटा वडाका किसानलाई अनुदानमा उन्नत जातको तोरीको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख तिलकबहादुर केसीले जानकारी दिए । 

 

कृषि शाखाले शान्तिनगर–३ साउनेपानीस्थित दीप कृषि सहकारी संस्था र साउने पानी सहकारीबाट उन्नत जातको तोरीको बीउ खरीद गरी कृषकलाई वितरण गरेको हो ।

 रु ११० प्रतिकेजी तोरी खरिद गरी किसानलाई मागअनुसार रु ५५ केजी वितरण गरेको केसीले जानकारी दिए । 

त्यस्तै शाखाले बीज वृद्धि कार्यक्रमअन्तर्गत तुलसीपुर–१२ स्थित पशुपति आत्मनिर्भर बीउबिजन सहकारी संस्थालाई ५० किलो निःशुल्क तोरीको बीउ वितरण गरेको बताएको छ । 

पाँच हेक्टर जमीनमा उन्नत जातको तोरीखेती गरी आगामी वर्षमा सोही बीउ किसानलाई वितरण गरिने कृषि शाखाले जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र ४२ हेक्टर जमीनमा तोरी खेती हुँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्