के महिलाको दिमाग पुरुषकोभन्दा फरक हुन्छ ?



एजेन्सी : काग्निटिव न्यूरो साइन्टिस्ट गिना रिप्पनको जिन्दगीमा १९८६ मा ११ जुन सबैभन्दा खुसीको दिन थियो । यस दिन उनले आफ्नी छोरीलाई जन्म दिएकी थिइन् । यसै दिन चर्चिच फूटबलर गैरी लिनेकरले पुरुष विश्वकपमा ह्याट्रिक गरेकी थिइन् ।

त्यो रात रिप्पनलाई भर्ना गरिएको वार्डमा ९ बच्चा जन्मिएका थिए । रोइरहेका नवजात शिशूहरुलाई उनीहरुको आमालाई दिइंदै थियो । रिप्पनलाई उनको बच्चा दिँदै नर्सले भनिन्- ‘यी बच्ची सबैभन्दा धेरै राइरहेकी छिन् । यिनकाे आवाज केटीको जस्तो नै छैन् ।’

नर्सको कुरा सुनेर उनी सोँचमग्न भइन् कि छोरी जन्मिएको १० मिनेट पनि भएको छैन् तर उनलाई केटा र केटीको श्रेणीमा बाँडिसकियो ।

छोरा छोरीमा गरिने यस्तो भेद विश्वभर छ । जबकी भगवानले दुबैलाई एक जस्तो बनाएको छ । मानिसहरु नै मान्छन् कि पुरुष र महिला जीन्दगीको गाडीको दुई चक्का हुन् । तर पनि दुईलाई फरक रुपमा लिइन्छ ।

यस विचारलाई चुनौति दिनकै लागि रिप्पन कयौं वर्षदेखि काम गरिरहेकी छिन् । यस अनुसन्धान मार्फत ‘द जेडर्ड ब्रेन’ नामक किताब लेखेकी छिन् ।

महिला र पुरुषको दिमाग

महिला

रिप्पन आफौ वकालत गर्छिन् की मानिसको दिमाग लिंगको आधारमा फरक हुँदैन् । तर उनको किताबको शिर्षकले अन्यौलता उत्पन्न गराउन सक्छ ।

जन्मिएदेखि बुढेसकालसम्म नै हाम्रो आनी बानी, चाल ढाल र सोच्ने सम्झने तरीकालाई आधार बनाएर मानिन्छ कि महिला र पुरुषको दिमाग निक्कै फरक छ ।

रिप्पनलाई सन् २०१९मा आइपुग्दा पनि हामीहरु यस्तो पुरातन सोचले अघि बढिरहको देख्दा असहज लाग्छ । फरक रंगरुपमा भए पनि लैंगिक भेदभाव आज पनि जारी छ ।

करिब २०० वर्षदेखि महिला त पुरुषको दिमाग फरक छ कि छैन् भनि गरिएको अनुसन्धानमा सधैँ नकारात्मक जवाफ आइरहेको छ । विज्ञान र प्रविधिको सहयोग लिँदा पनि पूराना विचार गलत साबित भएका छन् । फेरि पनि समाजबाट यो फरक मेटिएको छैन् ।

एउटा साचो कुरा यो पनि हो की महिलाको मस्तिष्क पुरुषको तुलनामा औसतरुपमा छोटो हुन्छ । महिलाको मस्तिष्कको आकार पुरुषहरुको रुपमा करिब १० प्रतिशत सानो हुन्छ ।

रिप्पन भन्छिन् दिमाग र साेच्ने क्षमता यदि मस्तिष्कको आकारले हुन्थ्यो भने हात्ती र ह्वेलको दिमाग आकारको रुपमा मानिसहरुको भन्दा ठूलो हुन्छ । तर उनीहरुमा मानिसको जस्तो सोच्ने शक्ति किन हुँदैन् । भनिन्छ चर्चित वैज्ञानिक आइस्टाइनको मस्तिष्क औसत मानिसहरुको भन्दा छोटो थियो तर उनको त्यहि सोच्ने शक्तिबाट विश्वचर्चित अविस्कार गरे ।

यी आधारहरुलाई लिएर भन्न सकिन्छ कि दिमागको आकार र सोच्ने शक्तिको कुनै कनेक्सन छैन् । तर पनि समाजमा फरक गर्ने खालको सोचले जरो बलियो बनाएको छ ।

नक्सा पढ्ने काम ध्यान दिएर गर्ने काम हो । तर धेरैजसो यो काम पुरुषहरुले राम्रोसँग गर्न सक्छन् भन्ने विश्वास गरिन्छ ।

रिप्पन मस्तिष्कको आकारको अन्तर धेरै नै बढाइ चढाइ गरेर पेश गरिएको छ भन्छिन् । हाम्रो मस्तिष्क दुई गोलार्धमा विभाजित हुन्छ । यी दुई हिस्साको बिचमा रहेको कार्पस कैलोसमले दुई हिस्सको पुलको काम गर्दछ । यसलाई सूचनाको पुल पनि भनिन्छ । यो पुरुषको तुलनामा महिलामा व्यापक रुपमा हुन्छ ।

के भन्छ विज्ञान ?

विज्ञानको यो अनुसन्धानले महिलाहरु तर्क वितर्क गर्न कमजोर हुन्छन् भन्नेहरुको लागि जवाफ हो । भनिन्छ महिलाहरुको सोचमा भावना धेरै हावी हुन्छ तर अनुसन्भानले यो सब कुरालाई गलत साबित गरिदिएको छ ।

रिप्पन आफ्नो किताबमा लेखिछन्- ‘आमधारणा यो छ की पुरुषहरु गणित र विज्ञानमा राम्रो जानकार हुन्छन् । यो दुई कठिन विषयलाई पुरुषको दिमागले राम्रोसँग सम्झिन्छ भन्ने विश्वास छ । त्यसकार नोबेल पुरस्कार जस्ता ठूला पुरस्कारमाथि पुरुषको हक हुने मानिन्छ । जबकी यो दावी सरासर गलत हो । दशकौंको अनुसन्धानपछि साबित भएको छ कि दिमाग एकै तरिकाले काम गर्छ । दिमागलाई मात्र हेर्दा त्यो महिला वा पुरुषको हो भनेर छुट्याउन नसकिने अवस्था छ ।’

हाम्रो सोचलाई आकार दिनका लागि हार्मोनको ठूलो भूमिका रहेको हुन्छ । महिलाहरुलाई हरेक महिना महिनावारी चक्रबाट गुज्रिनु पर्दछ । यो समयमा महिलाहरुको शरिरमा कयौँ तरिकाका हार्मोन उत्सिर्जित हुन्छ । र यसै आधारमा उनीहरुलाई कयौं महत्वपूर्ण कामबाट टाढा राखिन्छ ।

यहाँसम्मकी अमेरिकाको स्पेस कार्यक्रममा महिलाहरुलाई यसै आधारमा सामेल गराइएन् । ‘प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम’को अवधारणामा सबैभन्दा पहिले सन् १९३० मा सार्वजनिक भएको थियो ।

आज पनि धेरै मानिसहरु यो मान्छन् की महिनावारी शुरु हुनुभन्दा पहिला महिलाको शरीरमा हुने बदलावले तिनिहरुको सोच्ने, सम्झने क्षमतामा पनि असर पारेको हुन्छ ।

रिप्पन एक अनुसन्धानको आधार भन्छिन् ,‘महिनावारी शुरु हुनु अघि महिलाहरुको ठूलो मात्रामा एस्ट्रोजन नामको हार्मोन सक्रिय हुन्छ । यसले महिलाहरुको सम्झिने शक्तिमा सकारात्मक प्रभाव पार्छ ।’

के महिला र पुरुषको दिमागले एकै जस्तो काम गर्छ ?

रिप्पनका अनुसार महिला–पुरुषबारेको धारणा समाजमा यति गहिरो प्रभाव जमाएर बसेको छ कि अनुसन्धानमा नतिजा त्यही विधमान धारणा अनुरुप आउँछन् । अनुसन्धानदाता पनि यसै समाजको हिस्सा भएकाले तिनमा यसको असर पर्ने नै भयो । महिला स्वयमको सोच पनि यही धारणा अनुरुप आकार लिन थाल्छ ।

यसमा कुनै शंका छैन् हामी सबैको मस्तिष्क एक जस्तो काम गर्छ । तर हुर्किदै गर्दा यसले त्यसरी नै काम गर्छ जस्तो उसलाई ट्रेनिंग दिइन्छ ।

समाजले सयौं वर्षदेखि महिला र पुरुषबिच फरक गर्दै आएको छ । अचम्म त यो छ की हामीले बच्चालाई खेलौनापनि उनीहरुको लिंगको आधारमा दिन्छौं । यदि कुनै बालक गुडियासंग खेल्दा परिवाजनहरुलाई चिन्ता हुन्छ कि छोरो कुनै अरु दिशामा त गइरहेको छैन् । यहि कुरा बालिकाको सन्दर्भमा पनि लागू गरिन्छ ।

धेरै मानिसहरु खेलौनामा लिंगको भेद गर्न नहुने मान्छन् । रिप्पन बालबच्चाको लागि त्यस्तो खेल र खेलौना दिनुपर्ने मान्छिन् जसले मस्तिष्कको विकास धेरैभन्दा धेरै हुन सकोस् ।

बालबालिकाहरुलाई सानैबाट विभेद गर्न नहुने भन्दै ब्रिटेनमा ‘लेट्स टोयज बी टोयज’ नामको अभियान चलाइएको छ । अस्ट्रेलियामा पनि मानिसहरुलाई बच्चैदेखि केटा–केटीको भेद अन्त्य गर्नको लागि प्रेरित गर्न ‘प्ले अनलिमिटेड’ नामको अभियान चलाएको छ ।

यी अभियानले आंशिक सफलता प्राप्त पनि ग-यो । तर यसलाई व्यापक रुपमा लानुपर्ने देखिन्छ ।

साँचो यही हो कि मानिसको दिमाग एकै हुन्छ । र , यसको कामको शैली हरेक मानिसमा अलग अलग हुन्छ । केटा वा केटीका अधारमा त्यसमा कुनै भिन्नता हुँदैन । जति भिन्नता हामीले देख्छौं त्यो हुर्कदैं गर्दा समाजले सिकाएको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्