कैदी भगाएको आरोपमा कानुन व्यवसायी पक्राउ गरेकोमा बारको आपत्ति



काठमाडौं: नेपाल बार एशोसिएशनले बुधबार साँझ उच्च अदालत बार एशोसिएशनका पूर्व सदस्य तथा अधिवक्ता रामकुमार आचार्यलाई आफूले प्रतिरक्षा गरेको पक्ष (कैदी) लाई भगाएको आरोपमा प्रहरीले पक्राउ गरेकाप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ।

 

बारका महासचिव खम्मबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा विधिको शासन, कानून राज्य र मानव अधिकारको विषयमा वकालत गर्ने कानून व्यवसायीलाई कैदी भगाएको झुठो आरोप लगाउँदा कानून व्यवसायीको इज्जत र प्रतिष्ठामा आँच आउने कार्य भएको उल्लेख गर्दै त्यस कार्यको निन्दा गरेको छ।

 

सो घटनाले सम्पूर्ण कानून व्यवसायी मर्माहत भएको हुँदा आगामी दिनमा अदालत, कर्मचारी प्रशासन र विधिको शासन मान्ने सबैले जिम्मेवार हुन बारले ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्