लागूऔषधसहित मानन्धर प्रहरी नियन्त्रणमा 



वीरगन्ज : शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोली बीरगन्जले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । शसस्त्र प्रहरीले वीरगन्ज १६ जेलरोडका ३५ वर्षीय सन्नी मानन्धरलाई लागूऔषध इन्जेक्सनसहित पक्राउ गरेको हो ।

 

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाका अनुसार मानन्धरले सिमावर्ती सहर भारतको रक्सौलबाट भारी मात्रामा लागूऔषध खरिद गरी चामलको बोरामा लुकाएर नेपाल भित्र्याउँदै गर्दा पक्राउ परेका हुन् ।

 

मानन्धरको साथबाट प्रहरीले फेनारगन ३ सय पिस, डाईजोल्याप ३ सय पिस, नर्फिन ३ सय पिस, कोरेक्स ५ बोटल, नाईट्रोभेट टयावलेट ४१ पिस लागूऔषध इन्जेक्सन बराबमद गरेको छ । 

 

साथै उनको साथबाट ३ हजार २ सय ७५ रुपैया भारतिय रुपैयाँ र ३० हजार २ सय ५७ नेपाली रुपैयाँ, बंगलादेशको १० रुपैयाँ र २ थान मोबाइल पनि बरामद गरिएको छ । 

 

राती ९ बजे मानन्धरले घरायसी प्रयोजनमा लागि खरिद गरेको ५ केजि चामल, ३ प्याकेट बिस्कुट, एक केजि अनार र एक केजि काउली खरिद गरि झोलामा राखेर त्यही झोलाभित्र लागूऔषध इन्जेक्सन लुकाएर ल्याइरहेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका मानन्धरलाई आवश्यक कारबाहीको लागि लागूऔषधसहित जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्