कालिमाटी तरकारी बजारमा आगलागी



काठमाडौं : काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आज (बुधबार) बिहान आगलागी भएको छ ।

तरकारी बजारका सुरक्षा गार्ड बस्ने कोठामा ग्याँस लिक भएर आगलागी भएको बताइएको छ । आगो निभाउने प्रयास जारी छ ।

आगलागीको विस्तृत विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस्