आफूलाई प्रहरी निरीक्षक बताउदै असुली गर्ने यसरी परे प्रहरी फन्दामा



पर्सा : आफूलाई प्रहरी निरीक्षक बताउदै पैसा असुली गर्न लागेका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षकहुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा वीरगंज महानगरपालिका-५बस्ने २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदीलाई हिजो बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने एक व्यक्तिलाई प्रहरीहुँ भन्दै हप्काई पैसा मागेको भन्नेखबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीलेप्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्