घाइतेको २० घण्टापछि उद्धार


हुम्ला : हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नं को टिपर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । घाइते भएका १३ मध्ये सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको र मृतकको सङ्ख्या चार पुगेको छ ।

हिजो दिउँसो २ः०० बजे दुर्घटना भएको टिपरमा चारको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१, हेप्कागाउँका छिरिङ कर्मा तामाङ, नरी लामा, खार्पुनाथ–१ का बबरजङ्ग शाही रहेका छन् । मृतकको शव परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ ।

चालकले मदिरा सेवन गरी टिपर चलाएको प्रारम्भिक लक्षण पाइएको भए पनि रिपोर्टमा सो नपाइएको र अन्य विवरण प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले जानकारी दिए। दुर्घटनास्थलको कच्ची सडक खण्डमा दुई पटक सडकको उत्तरी र दक्षिणी भागमा टिपर ठोक्किँएको तेस्रो पटक दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको छ ।

घाइते हुनेमा नाम्खा–१ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ, सिमकोट–६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट– ७ का नर सुनार, खार्पुनाथ–५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका–२ का चालक आनन्द तामाङ गरी १२ घाइते भएका थिए ।

घाइतेमध्ये ११ को नेपालगञ्जतर्फ उपचारका लागि लगिएको छ । दुर्घटनामा अन्य क्षतिको विवरण हालसम्म छानबिनको क्रममा नै रहेको बताइएको छ । घाइतेको अधिकांशको अवस्था गम्भिर छ ।

हुम्ला शोकमग्न, विद्यालय खुलेनन्

चारको दुर्घटनामा मृत्यु भएपछि मृतकका आफन्त र सिङ्गो जिल्ला नै शोकमग्न भएको छ । मृतकको दाहसंस्कारका लागि सिमकोटमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालयमा उपस्थित नहुँदा विद्यालयको पठनपाठन समेत प्रभवित भएको छ ।

सिमकोटमा रहेका तीन सरकारी र दुई निजी बोर्डिङ विद्यालयमा आज अघोषित नै बिदा भएको छ । घाइतेको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), ले एकमृष्ठ रु एक लाख नगद सहयोग कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीमार्फत जिल्ला समन्वय समितिका अध्यक्ष दानबहादुर रावतलाई प्रदान गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले रु १० हजार प्रदान गरे र घाइतेको उपचार प्रदेश सरकारले नै गर्ने मन्त्री रावलले बताए। – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०

काठमाडौं : भारतीय संसदको तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि नेपाली भाषी आसामीहरुले

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना दिएका छन्