सुनको मूल्य घट्यो



काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० निर्धारण गरेको छ ।

नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० र छापावाला सुन प्रतितोला रु ७० हजार ९०० मा खरिदबिक्री भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । बुधबार चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्