डोटीमा बम फेला, सेनाद्वारा डिस्पोज



डोटी : डोटीको आदर्श गाउपालिकाको कुचेडा बजारमा प्रेसरकुकर बम फेला परेको छ ।

शुक्रबार राति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा कुकर बम फेला परेको र उक्त बम सेनाद्वारा डिस्पोज गरिएको छ । राति दुई बजेतिर सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यलले जानकारी दिएका छन् ।

अहिले भइरहेको मतदानलाई असर पुग्ने गरी उक्त बम राखिएको भएपनी समयमै जानकारी भएकोले कुनै अप्रिय घटना हुन नपाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् भने सुरक्षा व्यवस्था बलियो भएका कारण ढुक्क भएर मतदान गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्