कारागारबाट रिहा भएका मेयर हेलिकप्टर चार्टर गरी गृहनगर



रौतहट : रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरी गृहनगर कटहरिया पुगेका छन्।

 शुक्रबार सर्वोच्चबाट सफाइ पाएका उनी शनिबार काठमाडौंबाटै हेलिकप्टर चार्टर गरी जनता माध्यमिक विद्यालय कटहरियाको प्राङ्गणमा उत्रेका थिए। उनलाई नगरवासीले फुलमाला, खादा र दोसल्ला ओढाएर स्वागतसमेत गरेका थिए।

 

मेयर कुशवाहा वीरगन्जका काशी तिवारी हत्याकान्डमा गत वैशाखमा काठमाडौंबाट पक्राउ परेका थिए। उच्च अदालतको वीरगन्ज इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनलाई सिआइबी टोलीले वैशाख २६ गते काठमाडौंस्थित नयाँबानेश्वरबाट पक्राउ गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारदा घिमिरे र डम्बर शाहीको इजलासले मेयर कुशवाहालाई सफाइ दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्