बौदीकाली गाउँपालिका– ५ मा ७२ प्रतिशतमत खस्यो



नवलपुर : नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७२ दशमलब ०९ प्रतिशत मत खसेको छ । आज भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा कूल ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।

तीमध्ये पुरुष २५७ र महिला ३५८ जनाले मतदान गरेका छन् । यस वडामा ८५३ मतदाता रहेका थिए । मतदान शान्तिपूर्ण रुपमा उत्साहजक तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए। बौदिकाली वडा नंं।५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान भएको थियो ।

सबै मतपेटिका गाउँपालिकाको केन्द्र डेढगाउँमा ल्याइसकिएको र सर्वदलीय बैठक बसेर मतगणनाको आचारसंहिता निर्माण गरी आजै साँझ ८ बजेसम्ममा मतगणना प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए। थोरै मत भएकाले अन्तिम नतिजासमेत रातिनै आइपुग्ने समेत उनले बताए।

यहाँ वडाध्यक्षका लागि तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । – रासस

प्रतिक्रिया दिनुहोस्