जापानी विदेशमन्त्री नेपाल आउने



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउने भएका छन्।

 

पुस २५ र २६ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री कोनोले राष्ट्रपति तथा प्रधानमन्त्रीसमक्ष समेत भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

 

भ्रमणका क्रममा दुइपक्षीय प्रतिनिधिमण्डलको भेट हुने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्