संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव



वीरगन्ज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस मुद्दा सम्बोधन नभएसम्म देश विकास नहुने बताएका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गर्न आफूहरू सरकारमा गएको दाबी गर्दै सरकार संविधान संशोधन गर्न तयार रहेको बताए ।

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औं सधारणसभामा मन्त्री यादवले नेपालको बेरोजगारी अन्त्यका लागि सहकारी आन्दोलन गर्न आवश्यक रहेको बताए । 

यादवले आन्दोलनबाट मधेसको पहिचान स्थापित भएको बताउँदै आन्दोलनका उपलब्धिका रूपमा देशमा संघीयता आएको जिकिर गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका उनले नारायणी उपक्षेत्रीय अस्पताललाई राष्ट्रियस्तरको अस्पतालमा परिणत गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

संविधानमार्फत १६ वटा कानुन बनाएर देशलाई समृद्धितर्फ अगाडि बढाइएको उनको भनाइ थियो । उनले सरकारले सबैलाई आधारभूत स्वास्थ्य निःशुल्क गर्नेबारे नीति निर्माण भइरहेको जनाए ।

 

प्रतिक्रिया दिनुहोस्