कास्की २ उपनिर्वाचन : विद्या भट्टराईको अग्रता कायमै



कास्की : कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७ सय ४ मतको अग्रता लिएकी छन् ।

उनले पछिल्लो मतगणनाअनुसार छ हजार ७ सय ९९ मत पाएकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले तीन हजार ७ सय ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्