कोलकातामा भेटियो दोस्रो विश्वयुद्धमा नपड्किएको ४५० किलोको बम



कोलकाता : कोलकाताको नेताजी सुभाष बन्दरगाहमा दोस्रो विश्वयुद्धमा विस्फोट नभएको ४५० किलोग्रामको बम फेला परेको छ । उक्त बम अमेरिकी सेनाले सन् १९४५ मा चीन–बर्मा–भारत युद्धक्षेत्रमा प्रयोग गरेको भारतले जनाएको छ ।

शुक्रवार बन्दरगाह सरफाइ गर्दा उक्त बम फेला परेको थियो । बम विस्फोट भएको भए आधा किलोमिटर वरपरका मानिस मर्ने त्रास व्यक्त गरिएको थियो । बन्दरगाहका कर्मचारीले तत्काल कोलकातास्थित भारतीय नौसेनाको कार्यालयमा खबर गरेका थिए । त्यसलगत्तै बन्दरगाह आइपुगेको नौसेनाले बम निष्क्रिय बनाएको थियो ।

पश्चिम बंगालका नौसेना इनचार्ज कमान्डर सुप्रभो के. डेले भने, ‘अनुसन्धानका क्रममा उक्त बम अमेरिकी सेनाले बनाएको पुष्टि भयो । दोस्रो विश्वयुद्ध समाप्त भएपछि यो बम यहीँ रहेछ । बम पानीमा खसेको रहेछ । यो अब पूरै सुरक्षित छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्