सशस्त्रका आइजीपीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी



काठमाडौं : सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा.२झ ११७४, बा.१झ ६०९१, बा.१झ ८२६६, बा.२झ ३६८, बा.२झ ११७१, बा.२झ २३९१, बा.१झ ६६१३ र बा.१झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् ।

यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ । 

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा.१४च ३२०९, बा.५च २२६४, बा.८च ७१९०, बा.१०च ३९२० र बा.७च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् ।

यीमध्ये बा.१०च ३९२० नम्बरको उनकी छोरी र बा.७च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्