आजदेखि गढीमाईमा बली दिन शुरु (फोटोफिचर)



बारा : बाराको गढीमाई मेलामा आफूले भाकल गरेको र मनोकामना पूरा भएको भन्दै नेपाल र भारतका विभिन्न ठाउँबाट राँगा, बोका तथा परेवा बलि दिनका लागि हजारौँ सङ्ख्यामा भक्तजन मेला स्थलमा पुगेका छन् ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा यही मंसिर १ गतेदेखि जारी एक महिने पञ्चवर्षीय गढीमाई मेलामा नेपाल र भारतबाट आउने भक्तजनको संख्या ह्वात बढेको मेला समितिका महासचिव मोतिलाल कुशवाहाले बताए ।

हिजो (सोमबार) राति १२ बजदेखि विधवत रुपमा शुरु भएको गढीमाईको मुख्य पूजा बिहान ५ बजे सम्पन्न भएको थियो सो लगतै आफूले भाकल गरेको चढावा चढाउँने काम शुरु भएको उनले बताए ।

समितिका महासचिव कुशवाहाका अनुसार अहिलेसम्म १० लाखभन्दा बढी भक्तजनहरुले गढीमाईको दर्शनका छन् ।

प्रतिक्रिया दिनुहोस्