नेविसंघ राष्ट्रिय सम्मेलन अझै अनिश्चित



काठमाडाैं : काङ्ग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । 

अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । 

उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदै छ । 

पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो । 

नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारी निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताए । 

“संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिन्छ,” उनले भने। पछिल्लो समय अन्य भ्रातृ सङ्गठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको उहाँको भनाइ छ । 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ । 

नेविसङ्घका कोषाध्यक्ष शिव रिमाल निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशङ्का बढेको बताउँछन् । “निर्वाचनको सुनिश्चितताका लागि निर्देशन समितिले विधान र नियमावली तत्काल टुङ्ग्याउनुपर्छ”, उनी बताउँछन् ।  

विद्यार्थी नेता मोतीलाल भण्डारी महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसङ्घको महाधिवेशन नहुने हो कि भन्ने आशङ्का पैदा भएको बताउँछन्। 

विद्यार्थी नेता ग्यालवाङ तामाङ तोकिएको समयमा नेविसङ्घको निर्वाचन हुन नसक्दा काङ्ग्रेस कमजोर हुने बताउनुहुन्छ । “नेविसङ्घ जति बलियो हुन्छ, त्यति नै काङ्ग्रेस बलियो हुन्छ”, उनी भन्छन् । नेविसङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेमराज जोशी केन्द्रीय समितिको बैठकले विधान संशोधन नगरेका कारण नेविसङ्घको १२औँ महाधिवेशन अन्योलमा परेको बताउँछन् ।  

“नेविसङ्घको महाधिवेशनका लागि पार्टी सभापतिसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउनेछौँ”, उहाँ भन्छन् “महाधिवेशनको विकल्प महाधिवेशन मात्र भएकाले यथाशक्य छिटो महाधिवेशन सम्पन्न गराउने पक्षमा दबाब सिर्जना गर्छौ । ” 

निर्देशन समितिका सदस्य एवं काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसङ्घको विधान र नियमावलीबारे छलफल हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ